Thursday, July 10, 2014

१९७४ ए.डी.को नि- शुल्क Live Concert

एचआइभी एड्स तथा लागु औषधको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावका विरुद्ध जनचेतना जगाउने उद्देश्यले राजधानीमा सांगीतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम मेरो नेपाल फाउण्डेसनले आगामी साउन ३ गते राजधानीको ठूलो टुँडिखेलमा आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार उक्त कार्यक्रममा १९७४ एडी, इन्दिरा जोशी, गोर्खाली व्याण्ड, विनोद खम्बुले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रमकै दिन गायिका इन्दिराको जन्मदिन परेकोले पनि उक्त दिन आफुले दर्शकलाई गीतमा झुमाउने बताईन्। सांगीतिक कार्यक्रमसँगै नेपाल र भारतका चिकित्सकले एचआइभी एड्सका बारेमा जनचेतना पनि बाड्नेछन्।

राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिका रुपमा बोलाइने भनिएको कार्यक्रम दिउँसो एक बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ । कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने कार्यक्रम को सम्पूर्ण ब्यवस्थापन मुनाल फिल्म प्रा लि ले गर्ने भएको छ ।

No comments:

Post a Comment